वैशाखीमा चलेको सरकारको अराजकता न्यायालयमा देखियो : ओली

मंगलबार, कात्तिक ३०, २०७८

धनकुटा, ३० कात्तिक । नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारभित्र भएको भागबन्डा र अराजकताको पराकाष्ठा न्यायालयमा आएर छताछुल्ल भएर देखिएको बताएका छन् । एमाले धनकुटाले छिन्ताङ्गमा आयाेजना गरेकाे ४३औँ सहिद स्मृति दिवसमा ओलीले न्यायालयजस्तो महत्वपूर्ण र तटस्थ निकायलाई विवादमा ल्याउनुले गठबन्धन सरकार वैशाखीको सहारामा चलिरहेको प्रमाणित भएको बताए । आफ्नो सरकारका पालामा सहिद परिवारलाई ४२ वर्ष पछि प्रदेश सरकारमार्फत ५-५ लाख राहत उपलब्ध गराएको स्मरण गराउँदै ओलीले छिन्ताङ्गका सहिदलाई एमालेबाहेक कसैले वास्ता नगरेको दाबी गरे । पार्टी फुट बोरामा कुहिएको आलु छानिएर फ्याँकिएजस्तै भएकाले यसले एमाललेलाई कुनै असर नपर्ने उनको तर्क थियो । ‘अझै पनि जनलहर एमालेमा छ,आउने चुनावमा एमालेले बहुमतको सरकार बनाउँछ,' उनले भने । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ११:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार