ताप्लेजुङमा सात महिनामा ५८४ सवारी कारबाहीमा

सोमबार, कात्तिक २९, २०७८

ताप्लेजुङ, २९ कात्तिक । ताप्लेजुङमा सात महिनाको अवधिमा ५ सय ८४ सवारी साधन कारबाहीमा परेका छन् । गत वैशाखदेखि कात्तिक तेस्रो सातासम्म सानादेखि ठूला सवारी साधन गरी उक्त संख्यामा कारबाही गर्दा चार लाख ५८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई यातायात व्यवस्था ऐनअन्तर्गत कारबाही गरिएको ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ । १ सय ३९ वटा ठूला सवारी साधन  र ४ सय ४५ वटा साना सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मापसे गरी सवारी चलाउने ३५ चालकलाई कारबाही हुँदा ४० हजार रुपैयाँ राजस्व संकलन भएको छ । लापरबाही गरी सवारी चलाउने १०६ जनाबाट एक लाख १० हजार रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ ।
अनुमतिपत्र नलिई सवारी साधन चलाउने १ सय ५५ जनालाई कारबाही गर्दा एक लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ । कागजात नलिई सवारी चलाउने २ सय ८८ जना चालकलाई कारबाहीमा गर्दा एक लाख ४८ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको ट्राफिक कार्यालय ताप्लेजुङले जनाएको छ ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार