सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक चाडै नै पास हुन्छ  ः भण्डारी   

सोमबार, कात्तिक २९, २०७८

जुम्ला, २९ कात्तिक ।  पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ चाडै नै पारित हुने बताएका छन् । उनले सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक २०७८ कर्णाली प्रदेशसभामा दर्ता भइसकेकाे र चाडै नै पारित पनि हुने विश्वास व्यक्त गरे । उनी तत्कालिन खस राज्यको राजधानी जुम्लाको सिँजामा सिँजा सभ्यता विधेयकको बिषयमा सुझाव संकलन गर्न पुगेका हुन् । कर्णाली प्रदेशसभा सचिवालयको आयोजनामा सिँजा सभ्यता संरक्षण तथा विकास विधेक २०७८ ले स्थानीय स्तरमा सुझाव संकलन गरेकाे हाे । जुम्ला प्रदेशसभा (क) का सांसद तथा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी, कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथाेकीसहित जुम्लास्थित स्थानीय बुद्धिजिवी र जनप्रतिनिधि र सरोकारवाला निकायहरूमार्फत सुझाव संकलन भइरहेकाे छ ।  कर्णाली प्रदेशसभामा १० असाेज २०७८ मा सांसद पदम रोकाया र दिनबन्धु श्रेष्ठको समन्वयमा सिँजा सभ्यता संरक्षण तथा विकास विधेयक दर्ता भएको थियो । यसमा थप समेट्नु पर्ने बिषयमा सुझाव दिएको छ । सिँजा सभ्यता संरक्षण गर्ने विधेयक ऐतिहासिक कानुनी दस्तावेज हुने भएकाले दर्ता गर्ने सांसद र प्रदेश सचिवालयलाईको टोली कनकासुन्दरी गाउँपालिका-४ मा रहेको लामाथाडा  पुगेका हुन् ।  सिँजावासीले सभ्यता ब्यूँझाउन  विधेयक चाडै नै प्रदेश सभा संसदबाट पारित गर्न आग्रह समेत गरेका छन् । स्थानीय खसभाषाका जानकार रमानन्द आचार्यले भाषा जन्माएको, संस्कृति जन्माउने सिञ्जामा सभ्यताको छलफल र सुझाव दिन पाउँदा खुशी लागेकाे बताए । विधेयक चाडै पास गर्न उनले  कर्णाली प्रदेशसभाको टोलीलाई अनुरोध गरे । 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार