छलफलमा जुटे असन्तुष्ट बार–बेन्च 

सोमबार, कात्तिक २९, २०७८

काठमाडौं, २९ कात्तिक  । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका असन्तुष्ट १८ जना न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । राजीनामाको चर्को दवाब पर्दासमेत जबराले आफुलाई गैरकानुनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा अवधारणा बनाउन यी दुई निकाय छलफलमा जुटेका हुन् ।  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लिलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र असन्तुष्ट १८ जना न्यायाधीश छलफलमा जुटेका छन् । सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार