बालबालिकाको तस्करी दरमा तीन गुणा वृद्धि 

बुधबार, माघ २१, २०७७

भियना । विश्वभर बालबालिकाको अधिकारका लागि हजारौँ संघसंस्था रहे पनि उनीहरूको अधिकार संरक्षणमा अपेक्षाकृत सुधार ल्याउन नसकिएको बाल अधिकारका लागि कार्यरत राष्ट्रसंघीय निकायले बताएका छन् । बितेको डेढ दशकमा विश्वभर बालबालिका तस्करी गर्ने क्रम तीन गुणाले वृद्धि भएको लागुऔषध तथा अपराधसम्बन्धी राष्ट्रसङ्घीय कार्यालयद्वारा हालै जारी अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । राष्ट्रसंघको अध्ययनले सन् २०१८ मा १४८ वटा देशमा बालबालिकाको अवैध ओसारपसारका करिब ५० हजार घटनालाई सार्वजनिक गरेको छ तर वास्तविक सङ्ख्या योभन्दा अझ बढी हुनसक्ने बताइएको छ । बालिकाहरूलाई मुख्यतः यौनशोषणका लागि र बालकहरूलाई बलपूर्वक श्रम गराउनका लागि तस्करी गर्ने गरिएको राष्ट्रसंघले जनाएको छ । कोरोनाभाइरस महामारीका कारण लाखौँ मानिस कामविहीन बन्न पुगेकाले र बालबालिका विद्यालय जान नपाइरहेकाले अवस्था झन् खराब हुनसक्ने प्रतिवेदनले औँल्याएको छ ।– एएफपी
 
 

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०५:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार