तिलिचो ताल घुम्न गएका युवककाे लेक लागेर मृत्यु, उद्धार गरी काठमाडाैं ल्याइएकाे थियाे

सोमबार, कात्तिक २९, २०७८

लमजुङ, २९ कात्तिक । हिमाली जिल्ला मनाङको तिलिचो ताल घुम्न गएका एक युवाको लेक लागेर मृत्यु भएको छ । रामेछाप घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय प्रवीण थापाको  लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार तिलिचो ताल भ्रमणका लागि थापाको टोली २१ कात्तिकमा काठमाडौंबाट हिँडेकाे थियाे । लेक लागेर बिरामी भएपछि तिलिचो बेसक्याम्पबाट साथीहरूले उनलाई फर्काएका थिए ।  तिलिचो ताल (४,९१९ मिटर) भ्रमणका लागि आएका थापालाई लेक लागेपछि माथिल्लो मनाङबाट एभरेष्ट एयरको हेलिकप्टरबाट उद्धार गरिएको थियो । मनाङका डीएसपी सुवास खड्काका अनुसार हेलिकाेप्टरबाट उद्धार गरी शिक्षण अस्पताल महाराजगञ्ज लगिएकाेमा उपचारको क्रममा थापाकाे मृत्यु भएको हो । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार