भोलि राति १० बजेसम्म जनकपुरधाममा निषेधाज्ञा

सोमबार, कात्तिक २९, २०७८

धनुषा, २९ कात्तिक । धनुषाको जनकपुरधाममा दुई समुदायबीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको समयलाई लाई बढाइएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जनकपुरधाम उपमहानगरपालिका–२० मा लगाइएको निषेधाज्ञालाई मङ्गलबार राति १० बजेसम्मको लागि बढाउने निर्णय गरिएको जानकारी दिए ।  जनकपुरधाम–२० मा छठ पर्वमा अघ्र्य राख्नका लागि बनाउन लागेको घाटको विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । सोही विवादले शनिबार उग्ररुप लिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । प्रजिअ बाँस्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मङ्गलबार राति १० बजेसम्म निषेधाज्ञा बढाइएको जानकारी दिए । पूर्वमा जलाद नदीको कल्री बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ ।–रासस 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  ०४:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार