रारा म्याराथन ११ वैशाखमा

आइतबार, कात्तिक २८, २०७८

मुगु, २८ कात्तिक । आगामी ११ वैशाखबाट रारा म्याराथन आयोजना हुने भएकाे छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा तालबाट सुरू हुने सो म्याराथन जुम्लामा पुगेर समापन हुनेछ।  अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन पर्यटन विकास, खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोसेढुंगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्रबहादुर चन्दले बताए। 'प्रमुख पर्यटकीय गन्तव्‍य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन म्याराथन महत्वपूर्ण हुनेछ,'  चन्दले भने यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीलाई आफ्नै ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ  । अन्तरालले १५ वर्षदेखि खेलकुद, गीत संगीत, डकुमेन्ट्री निर्माण, पुस्तक प्रकाशनलगायतका क्षेत्रमा काम गर्दै आएको छ। रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा, जुम्ला, कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिने अन्तरालका संचार अधिकृत स्नेहा केसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १३:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार