जिप दुर्घटना :  तीन जनाको मृत्यु, तीन जना घाइते

आइतबार, कात्तिक २८, २०७८

दाङ, २८ कत्तिक । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको  मृतकको पहिचान खुलिसकेको छैन ।  छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ । माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार