प्रधानन्यायाधीशको पक्षमा प्रदर्शनमा उत्रिएका पाँच जना पक्राउ

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं, २८ कात्तिक :   प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रर्दशनमा उत्रिएका पाँच जना अभियान्ता पक्राउ परेका छन् । 

जबरा विरुद्ध नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको मुल गेटमा धर्ना थालेपछि विरोधमा उत्रिएका तारा बरालसहितका पाँच जनालाई प्रहरील पक्राउ गरेको हो । 

नेपाल बारले जबराको राजीनामा माग्दै थालेको आन्दोलनको विपक्षमा पनि आन्दोलन सुरु भएका छन् । विरोधका लागि उत्रिएका जबरा पक्षधरलाई भने प्रहरीले पक्राउ गरेको हो । 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १०:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार