बिहारमा भ्रष्टाचारविरुद्ध कलम चलाएका पत्रकारको हत्या

आइतबार, कात्तिक २८, २०७८

विहार, २८ कात्तिक : भारतमा एक पत्रकारको हत्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्दै आएका स्थानीय पत्रकार बुद्धिनाथ झाको हत्या भएको हो । २२ वर्षीय झाको अपहरणपछि हत्या भएको हो । 

झाको शव आधा जलेको अवस्थामा शनिबार एउटा सडकमा फेला परेको थियो । हत्यामा संलग्न रहेको आशंका केही व्यक्ति पक्राउ परेका छन् । झालाई अज्ञात समूहले १२ नोभेम्बरमा अपरहण गरको थियो । 

समाचार संकलनका क्रममा उनलाई विभिन्न पक्षले धम्की दिने गरेका मृतकका भाइले बताएका छन् । समाचार नछाप्न दबाब दिँदै एउटा समूहले दिएको ‘घुस’ उनले अस्विकार गरेका थिए । 

अस्पताल सञ्चालकको योजनामा उनको हत्या भएकोे पीडित परिवारको दाबी छ ।- एजेन्सी

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १०:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार