प्रधानन्यायाधीशविरुद्ध देशभर आन्दोलन गर्दै नेपाल बार

आइतबार, कात्तिक २८, २०७८

काठमाडौं, २८ कात्तिक : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ ।

यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो ।  

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ । प्रधानन्यायाधीशलाई भने सर्वाेच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिने कार्यक्रम छ । जबरा गत शुक्रबार अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए । 

उपत्यका र काभ्रेबाहेकका बार इकाइले  कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १०:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार