सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यान्माको सेनाले नेत्री आङ सान सू चीसहित अन्य नेताहरूलाई गिरफ्तार गरेर देशको शासन सत्ता हातमा लिएको भन्दै सेनाविरुद्ध कदम चालिने चेतावनी दिएका छन् । बाइडनले म्यान्माको सेनालाई तत्काल सत्ता छाड्न भनेका छन् । त्यसो नभए अमेरिकाले ‘उचित कदम’ चाल्ने राष्ट्रपति बाइडेनको चेतावनी छ । अमेरिकी सिनेटका वरिष्ठ रिपब्लिकन मिच मक्कोनेलले नेत्री सू चीको गिरफ्तारिलाई ‘भयभीत पार्ने’ भनि व्याख्या गरेका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले मंगलबार म्यान्मामा भएको कूबारे छलफल गर्न आपत्कालीन बैठक गर्ने योजना गरेको छ । युरोपेली संघ, जापान र भारतले म्यान्मामा प्रजातन्त्र नेपालको परराष्ट्र मन्त्रालय म्यान्मामा विकसित घटनाक्रमबारे बोलेको छ । सरकारले म्यान्मामा विकसित पछिल्ला घटनाक्रमलाई नजीकबाट नियालिरहेको जनाउँदै सम्बद्ध सबै पक्षले म्यान्माका जनताको चाहनालाई सम्मान गर्ने विश्वास व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी म्यान्मामा लोकतान्त्रिक एवं संवैधानिक प्रक्रिया शीघ्र पुनःस्थापना हुनेमा नेपाल सरकार विश्वस्त रहेको जनाएको छ । राष्ट्रपति विन मिन्ट र राज्य सल्लाहकार आङ सान सू चीसहित पक्राउ परेका नेताहरुको सुरक्षा एवं सकुशलताप्रति नेपाल सरकार उत्तिकै चिन्तित रहेको उल्लेख गर्दै विज्ञप्तिमा उनीहरूको तत्काल रिहाइका निम्ति आह्वान गरिएको छ ।–एजेन्सी