प्रचण्ड विरामी, अस्पताल भर्ना

शनिबार, कात्तिक २७, २०७८

काठमाडौं, २७ कात्तिक : सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएर उनी मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

धपेडीले रक्तचाप बढेर स्वास्थ्यमा समस्या आएको छोरी गंगा दाहालले जानकारी दिएकी छन् ।

कर्णाली प्रदेशका ऊच्च हिमाली क्षेत्र देखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको उनले उल्लेख गरेकी छन् । गंगाका अनुसार अहिले अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिने छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार दौडधुपका कारण रक्तचाप बढेकाले उपचारका लागि मेडिसिटी गएका हुन् ।  “डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उहाँको स्वास्थ्यमा सामान्य समस्या आयो”, उनले भने, “त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।” 

 

प्रकाशित मिति: शनिबार, कात्तिक २७, २०७८  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार