सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ, २६ कात्तिक । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीन र संयुक्त राज्य अमेरिका आफ्ना शीर्ष नेताहरूको बैठकको विशेष व्यवस्थाका बारेमा निकट सम्पर्कमा रहेको बताएका छन् । प्रवक्ता वाङ वेनबिनले दैनिक समाचार ब्रिफिङमा शुक्रबार यस सम्बन्धित प्रश्नको जवाफ दिँदै भने, यो वर्ष राष्ट्रपति सी चिनफिङ र राष्ट्रपति जो बाइडेन बीच दुईपटक टेलिफोन वार्ता भएको छ । सो अवसरमा दुवै राष्ट्र प्रमुखले विभिन्न माध्यमबाट नियमित सम्पर्क राख्ने सहमति गरेको पनि उहाँले जानकारी दिएका छन् । “हामी आशा गर्छौं कि अमेरिकी पक्षले बैठकलाई सफल बनाउन र चीन–अमेरिका सम्बन्धलाई सही र स्थिर विकासको बाटोमा फर्काउन चीनसँग मिलेर काम गर्नेछ,“ प्रवक्ताले भने ।– रासस/सिन्ह्वा