सोसल मिडिया
Contact Us
युनिकोड
ग्लास्गो, २६ कात्तिक । जलवायु परिवर्तन सम्वन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन अर्को वर्ष इजिप्टमा हुने भएको छ । ग्लास्गोमा भएको कोप २६ ले नै कोप २७ इजिप्टमा २०२२ मा गर्नेगरी जिम्मेवारी सुम्पिएको छ । त्यसैगरी कोप २८ भने सन् २०२३ मा संयुक्त अरब इमिरेट्समा गर्ने निर्णय पनि भएको सम्मेलनका आयोजकहरुले जानकारी दिएका छन् । कोप २६ मा सहभागी देशहरुले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने प्रतिवद्धता जनाएका थिए ।प्रतिवद्धतामा ८० भन्दा बढी देशहरूले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका हुन् । त्यसैगरी अमेरिका र चीनले पनि कार्वन उत्सर्जन न्युनिकरणका लागि अपेक्षा गरेभन्दा राम्रो सहमति गरेका छन् ।– रासस/एएनआई