अमेरिकी पत्रकारलाई म्यानमारमा ११ वर्ष जेल सजाय

शुक्रबार, कात्तिक २६, २०७८

म्यानमार, २६ कात्तिक । म्यानमारको जुन्ता सरकारले एक अमेरिकी पत्रकारलाई ११ वर्ष जेल सजाय तोकेको छ ।  गैरकानुनी संगठन खोलेको, आप्रावासीसम्बन्धी कानुन उल्लंघन गरेको र सेनाबिरुद्ध विद्रोह गरेको अभियोगमा उनलाई सरकारले जेल सजाय तोकेको हो । उनीमाथि यसअघि सरकारले राजद्रोह र आतंकवादसम्बन्धी गतिविधि गरेको आरोप लगाएको थियो । उनीमाथि लगाइएका नयाँ आरोप गम्भीर प्रकृतिका भएको र उनी दोषी ठहर भए जन्मकैदको फैसला हुने जनाइएको छ । उनीमाथि लगाइएको मुद्दाको सुनुवाई चार दिनपछि सुरु हुनेछ ।  ३७ वर्षीय फेन्सटर मे महिनामा यांगुन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । यसै वर्षको सुरुमा सेनाले सत्ता हातमा लिएपछि भएको रक्तपातपूर्ण प्रदर्शनहरुमा हजारौं मानिस पक्राउ परेका थिए । प्रदर्शनका क्रममा कम्तिमा एक हजार १७८ जना मारिएका थिए ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार