प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गिरिराजमणि पोखरेल

शुक्रबार, कात्तिक २६, २०७८

महोत्तरी, २६ कात्तिक । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनु पर्ने बताएका छन । जबराकाे राजीनामाको माग गर्दै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसाेसिएसन आन्दाेलनमा रहेका बेला उनकाे साे अभिव्यक्ति सार्वजनिक भएकाे हाे । न्यायाधीशहरूले न्यायलयको सुधारको लागि उठाएका आवाजहरू जायज भएको बताउदै उनले जबराकाे विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन ।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार