सबै अष्ट्रेलियालीलाई अक्टोबरसम्म खोप : प्रधानमन्त्री 

सोमबार, माघ १९, २०७७

क्यानबेरा । अष्ट्रेलियाली नागरिकहरुलाई आगामी अक्टोबर महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप दिइसक्ने बताइएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले नेसनल प्रेस क्लबमा आज गरेको सम्बोधनमा यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री मरिसनले  भने, ‘अष्ट्रेलियाली नागरिकलाई यसै वर्षको अक्टोबर महिनभित्र खोप दिइ सक्ने कार्यक्रम सरकारले बनाएको छ । मलाई लाग्छ यो अष्ट्रेलियाको इतिहासमै एउटा गाह्रो काम हुनेछ ।’ यसका लागि अष्ट्रेलियाली सरकारले यहाँका सबै नागरिकलाई खोप लिनका लागि उत्साहित गरेको पनि उनले बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री मरिसनले अष्ट्रेलियाली नागरिकलाई खोप लाउने काममा प्रोत्साहन गर्नु पनि गाह्रो काम भएको बताए । 
सबै नागरिकलाई खोप दिने कार्यक्रम र त्यो पनि  आगामी अक्टोबर महिनाभित्रै सक्ने काम बडो महत्वाकांक्षी रहेको पनि उनले बताए । यस प्रयोजनका लागि प्रधानमन्त्री मरिसनले सरकारले १९ अर्ब अष्ट्रेलियन डलर बराबरको बजेट छुट्याइएको पनि जानकारी दिएका छन् । सम्बोधनका क्रममा उनले खोप कार्यक्रमका लागि छुट्याइएको यो रकम अष्ट्रेलियाको इतिहासमै सबैभन्दा ठूलो रकम भएको पनि जानकारी दिए । अष्ट्रेलियाले यो कार्यक्रम अन्तर्गत यहाँका कम्तीमा पनि २ करोड ५० लाख अष्ट्रेलियाली नागरिकलाई खोप दिइने भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । अष्ट्रेलियाले एक करोड डोज फाइजरको खोप बुकिङ गरिसकेको छ । यी डोजहरु पहिलो चरणमा लगाइने छ । त्यसपछि विस्तारै आवश्यकता अनुसार अरु डोजहरु पनि लगाइने भएको अष्ट्रेलियाली नागरिकले जानकारी दिएका छन् ।–एजेन्सी 
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  २१:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार