भारतमा बुधबार थपिए एघार हजार नयाँ सङ्क्रमित

बुधबार, कात्तिक २४, २०७८

नयाँ दिल्ली, २४ कात्तिक । भारतका कोरोनाभाइरसबाट थप ११ हजार ४६६ जना नयाँ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो सङ्ख्या केही बढेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।  भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।  यो सङ्ख्या २६४ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमित मध्ये ९८।२५ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा गएको जनावरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी १ अर्ब ६ करोडभन्दा बढी मानिसले कोरोनाभाइरस विरुद्धको खोप लगाइसकेका छन् ।–रासस/एएनआई
 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार