सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धमा असर पुर्याउने घटनासम्बन्धी छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारवाही गर्न नेपाल प्रहरीले निर्देशन दिएको छ । मन्त्रालयका अनुसार परराष्ट्र मन्त्रालयमार्फत प्राप्त विस्तृत ब्यहोरा र कूटनीतिक पत्रको आधारमा मोरङको मनमोहन टेक्निकल इन्स्टिच्यूटमा चिनियाँ राष्ट्रपति सि चिनफिङको पुस्तक द गभर्नेन्स अफ चाइना जलाइएको घटनामा छानबिन अघि बढाइएको हो । घटनाप्रति चीनको ध्यानाकर्षण भएपछि परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरी अनुसन्धान र कारबाही सुनिश्चित गर्न आग्रह गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, जिल्ला प्रशासन कार्यालय मोरङ र प्रहरीलाई घटनासम्बन्धी अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ ।