विश्व इतिहासमा आजः अमेरिकी जल सेनाको स्थापनादेखि बोलिभियाली नेताको राजीनामा

बुधबार, कात्तिक २४, २०७८

आज १० नोभेम्बवर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।  प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण विश्व घटनाः

अमेरिकामा जातीय नरसंहार
 सन् १८९८ अमेरिकाको विलमिंटनमा एउटा जातीय नरसंहार मच्चिएको थियो । सबै जातजातिको प्रतिधित्व गर्न निर्वाचनमार्फत गोरा र अश्वेत सम्मिलित सहर परिषदको स्थापनापछि नरसंहार भएको थियो । परिषद स्थापनाको विरोधमा गोराहरुले परिषद भवन तोडफोड गरी सम्पत्ति लुटेका थिए । त्यस क्रममा गोराले दर्जनौ अश्वेतहरुको हत्या गरेका थिए  ।

अमेरिकी जल सेनाको स्थापना
अमेरिकी क्रान्तिकारी युद्धको समयमा सन् १७७५ मा अमेरिकाले जल र वायुमा पनि सञ्चालन हुने सैन्य फौज स्थापना गरेको थियो ।

बोलिभियाली नेताको राजीनामा
बोलिभियाका नेता तथा पहिलो आदिवासी राष्ट्रपति इभो मोरल्सले सन् २०१९ को १० नोभेम्वरमा राजीनामा दिएका थिए । चौथो कार्यकालका लागि निर्वाचित  इभोले निर्वाचनमा धाँधली गरेको विपक्षीले आरोप लगाएका थिए ।

चीन विश्व व्यापार संगठनको सदस्य
आजकै दिन चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । १५ वर्षको छलफलपछि सन् २००१ को १० नोभेम्वरमा डब्लूटीओले चीनको सदस्यता अनुमोदन गरेको थियो । त्यसको भोलीपल्ट ताइवानको सदस्यता स्वीकृत भएको थियो । ताइवानलाई चीनले आफ्नो एउटा अभिन्न प्रान्तको रुपमा हेर्दै आएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार