लागुऔषध तस्करीका दोषीलाई दिन लागिएको मृत्युदण्ड स्थगित

मंगलबार, कात्तिक २३, २०७८

सिंगापुर, २३ कात्तिक । सिंगापुरमा लागुऔषध तस्करीमा दोषी ठहर भएका एक व्यक्तिलाई दिन लागिएको मृत्युदण्ड स्थगित गरिएको छ । अदालतको एक आदेशपछि उनलाई दिन लागिएको सजाय अन्तिम समयमा स्थगित भएको हो ।  लागुऔषध तस्कर गरेको आरोपमा भारतीय मूलका मलेसियाली नागरिक नागेन्द्रम के धर्मलिंगम सन् २००९ सिंगापुरमा पक्राउ परेका थिए । सन् २०१० मा त्यहाँको एक अदालतले उनलाई मृत्युदण्ड सुनाएको थियो ।  धर्मलिंगमलाई बुधबार मृत्युदण्ड दिइने तयारी थियो । तर, त्यसको  अन्तर्राष्ट्रिय स्तरमा नै बिरोध भएको थियो । उनको मानसिक अवस्था र बौद्धिक क्षमता कमजोर भएकोले मृत्युदण्ड दिन नहुने मलेसियाली अधिकारीहरु र मानव अधिकारबादी समूहले तर्क गर्दै आएका छन् ।   नागेन्द्रन मानसिक रूपमा स्वस्थ छैनन् भन्ने दाबीसहित अदालतमा निवेदन परेपछि मंगलबार पुनरावेदन अदालतले उनको मुद्दा हेर्न सुरु गरेको छ ।  यसअघि सिंगापुरकै अदालतले उनी मानसिक रुपमा स्वस्थ रहेको ठहर गरेका थिए ।  नागेन्द्रन स्वयं पीडित भएकोले उनलाई मृत्युदण्ड दिन नहुने उनका वकिलले दाबी गर्दै आएका छन् । उनी लागुऔषध तस्करीको गिरोहबाट पीडित भएको र उपचारको आवश्यक भएको वकिलको दाबी छ । नागेन्द्रनलाई कोभिड पोजेटिभसमेत देखिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार