प्राइम लाइफको साधारणसभा १९ मंसिरमा, लाभांश प्रस्ताव विशेष एजेण्डा

मंगलबार, कात्तिक २३, २०७८

काठमाडौं, २३ कात्तिक । प्राइम लाइफ इन्स्याेरेन्सले १९ मंसिरमा १४औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा दिउँसो २ बजे सुरु हुनेछ । सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले १० मंसिरमा बुक क्लोज गर्दै छ । यसअनुसार ९ मंसिरसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।  सभामा आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेस हुनेछ । कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार