माेटरसाइकल दुर्घटनामा दुई घाइते

मंगलबार, कात्तिक २३, २०७८

धनकुटा, २३ कातिक । धनकुटामा म‌गलबार विहना भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । धनकुटा नगरपालिका-६ फोक्लेन टापुमा भएको दुर्घटनामा मोरङ बेलबारी नगरपालिका- ८ घर भएका ४० वर्षका हरि भट्टराई र सोही ठाउँका ४२ वर्षका तुलसीप्रसाद भटराई घाइते भएको प्रहरीले जनाएको छ। धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्र.१–०२–०४१ प ९४०९ नम्बरको मोटरसाइकललाई साेही दिसातर्फ जाँदै गरेको को. १ ख ७२४० नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिप्रसाद भट्टराई गम्भीर घाइते भएका छन् । त्यस्तै मोटरसाइकल चालक तुलसी भट्टराई सामान्य घाइते भएका छन् । 

              गम्भीर घाइते हरिको जिल्ला अस्पताल धनकुटा उपचार हुन नसकेपछि थप उपचाको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए । मोटरसाइकललाई ठक्कर दिने बस र बसका चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोख्रेलले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार