ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार युवकको घटनास्थलमै मृत्यु

मंगलबार, कात्तिक २३, २०७८

मकवानपुर, २३ कात्तिक । हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट मनहरीतर्फ गइरहेको बाग्मती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले मंगलबार विहान साढे ६ बजे ठक्कर दिएको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१२ का २० वर्षीय सुशान्त पुडासैनीको घटनास्थलमै मृत्यु भएको हो । रिमालका अनुसार ठक्कर दिने ट्रकका चालक लमजुङका ४९ वर्षीय पूर्णबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रिमालले जनाएका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार