प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जाेडिए, सौर्यले थाल्याे भैरहवा-विराटनगर नियमित उडान

मंगलबार, कात्तिक २३, २०७८

भैरहवा, २३ कात्तिक  : प्रदेश १  र लुम्बिनी हवाइ उडानमा जाेडिएका छन् । सौर्य एयरलान्सले नयाँ गनतव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् ।

 सौर्यले सोमबारबाट लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र द्वयसहरको पर्यटन विकासमा सहजीकरण गर्न दैनिक एउटा उडान राखिएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए । 'अहिले सुरुवात गरेका छौँ, यात्रुको माग बढेमा दैनिक २-३ वटा उडान सञ्चालन गर्न सकिने छ,' अध्यक्ष पोखरेलले भने ।

८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्याेगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए ।

यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सीधा उडान भरेका थिएनन् ।  सौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उडान भर्नेछ र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार