जोर्डन र संयुक्त राष्ट्रसङ्घबीच सिरियाबारे छलफल 

सोमबार, कात्तिक २२, २०७८

अमान, २२ कात्तिक  । जोर्डन र संयुक्त राष्ट्रसंघबीच सिरियाका बारेमा छलफल भएको छ । सिरियाको समस्या समाधानका विषयमा सो छलफल भएको बताइएको छ । जोर्डनका विदेशमन्त्री आयमन सफादीले सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि गेरी फेडरसनसँग आइतबार भेटवार्ता गरेका थिए । त्यस भेटका क्रममा सिरियामा जारी हिंसा तथा सङ्कटको अन्त्यका लागि आवश्यक सहयोग र सहकार्यका बारेमा कुराकानी भएको जोर्डनको विदेशमन्त्रालयले जानकारी दिएको छ । त्यस अवसरमा जोर्डनका विदेशमन्त्री सफादीले जोर्डनले सिरियामा शान्ति र स्थायित्वका लागि संयुक्त राष्ट्रसंघसँग मिलेर आवश्यक कार्य गर्ने बताएका थिए । 
सिरियामा वर्षौँदेखि जारी रहेको हिंसामा परी लाखौँ मानिसको ज्यान गएको छ भने यहाँका लाखौँ नागरिकहरु स्वदेश तथा विदेशमा विस्थापित हुन पुगेका छन् । यहाँ शान्तिपूर्ण रुपमा र प्रजातान्त्रिक समाधानका लागि सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले आग्रह गर्दै आए पनि सो सम्भव हुन सकेको छैन ।– रासस/सिन्हवा
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार