थप ३९० जनामा कोरोना सङ्क्रमण पुष्टि

सोमबार, कात्तिक २२, २०७८

काठमाडौँ, २२ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा थप ३९० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६ जनाको  परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या  आठ लाख १४ हजार ९२९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९४ हजार ८३६ रहेको छ ।
पछिल्लो समय थप ४२५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या सात लाख ९५ हजार ८२२ पुगेको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
थप पाँचको मृत्यु
पछिल्लो २४ घण्टामा थप पाँच जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४५३ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ६५४ रहेको छ ।–रासस 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  २२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार