रिडी हाइड्रोपावरको सेयर कारोबार रोक्का

सोमबार, कात्तिक २२, २०७८

काठमाडौं, २२ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले रिडी हाइड्रोपावर  डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । रैराङ हाइड्रोपावर कम्पनीसँग एक आपसमा गाभिने भएपछि २२ कात्तिकदेखि रिडीको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई कम्पनीले १७ कात्तिकमा एक आपसमा गाभिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावरको कारोबार रोक्का गरिएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार