सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटनामा सात जनाको मृत्यु

आइतबार, कात्तिक २१, २०७८

दाङ, २१ कात्तिक । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको  ना २ ख २५५२ नं को यात्रुबाहक बस  कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका पाँच र घटनास्थमै दुई बालबालिका गरी सात जनाको मृत्यु भएको हो  ।
बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ।  बस सडकबाट २०० मिटर तल खसेको बताइएको छ । अहिले पनि उद्धार जारी रहेको र  मृतकका सनाखत हुन जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार