विश्वमा आजः रसियाको अक्टोबर क्रान्तिदेखि थाइलेन्डमा सेनाको कू

आइतबार, कात्तिक २१, २०७८

आज ७ नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः 

ट्युनिसियामा कू
सन् १९८७ मा ट्युनिसियामा रक्तपातविहिन कू भएको थियो । तत्कालिन राष्ट्रपति हबिब बर्गयुबालाई सत्ताच्युत गरी जिने इल अबिदाइन बेन अली ट्युनिसियाका राष्ट्र«पति भएका थिए । 

रसियाको अक्टोबर क्रान्ति
सन् १९१७ मा भ्लादिमिर लेनिनले नेतृत्व गरेको क्रान्तिकारी माक्र्सबादी समूह बोसेभिक्सले तत्कालिन रसियाली शासकहरुको दरबार विन्टर प्यालेसलाई नियन्त्रणमा लिएर सम्पूर्ण शक्ति कम्युनिष्टलाई सुम्पिएको घोषणा गरेको थियो । 

अमेरिकी संसदमा निर्वाचित प्रथम महिला 
सन् १९१६ मा मोन्टानाकी महिला जिन्नेटी रानकिन अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन् । उनी अमेरिकी सदनमा निर्वाचित हुने पहिलो महिला हुन् । 

थाइलेन्डमा सेनाको कू
सन् १९४७ मा थाइलेन्डमा सेनाले कू गरेको थियो । तत्कालिन प्रधानमन्त्री थवान थामरोंग नवासवतलाई अपदस्त गरी सेनाले खुङ अफाईवोङलाई प्रधानमन्त्री चयन गरेको थियो । 

अन्तर सहर दौड
सन् १८६९ मा पहिलो अन्तर सहर साइकल दौड सम्पन्न भएको थियो । फ्रान्सको पेरिस र रोउन सहरमा प्रतियोगिता आयोजना भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार