सात फिट लामो अजिङ्गरको सशस्त्र प्रहरीद्धारा उद्धार  

आइतबार, कात्तिक २१, २०७८

कैलाली, २१ कात्तिक । बेलौरी नगरपालिका–६ भुराकोट दशगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले सात फिट लामो अजिङ्गर उद्धार गरेर सुरक्षित ठाउँमा छोडिएको छ । बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले अजिङ्गरेको जिवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । उद्धार गरिएको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालय पचकढीयाबाट खटिआएका वन रक्षक महेन्द्र कँडेलको टोलीलाई बुझाएको छ । अजिङ्गरलाई वन रक्षकको टोलीले सुरक्षित स्थानमा छाडेका छन् ।–रासस
 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार