भिरबाट खसेर वृद्धको मृत्यु

आइतबार, कात्तिक २१, २०७८

दमौली, २१ कात्तिक । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७६ वर्षीय डिलबहादुर पुन रहेको प्रहरीले जनाएको छ । घर नजिकै रहेको एक्लेफाँट भिरबाट अन्दाजी ७० फिट तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।–रासस 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार