सोसल मिडिया
Contact Us
युनिकोड
बेरूत । लेबनानका कार्यवाहक प्रधानमन्त्री हसन दिआबले हालैको कठिन परिस्थितिमा गरिबी र सहयोगको याचना गरिरहेका करिब ५० हजार लिवियाली परिवारका लागि खाद्यान्न सहयोग गर्ने घोषणा गरेका छन् । लिवियाको उत्तरी शहर त्रिपोली वरपर बसोबास गर्ने ५० हजार परिवारलाई सुरक्षित खाद्यान्न सहयोग पु¥याउने प्रतिवद्धता दिआबले गरेको सरकारी समाचार एजेन्सीले जनाएको छ । ‘हामी समस्यामा रहेका लिवियालीलाई सुरक्षित खाद्यान्नसँगै छिट्टै अन्य प्रकारको समर्थन सुरक्षित गर्न को लागी पर्नेछौं’, राष्ट्रपति दिआबले भने । महामारी नियन्त्रणका लागि अपनाइएका नियन्त्रणका उपायका कारण आफूहरूको श्रम गरी खाने अधिकारसमेत प्रभावित भएको र सरकारले गरिबीमा रहेका जनतालाई सङ्कटका बेला समेत नहेरेको भन्दै यस हप्ता त्रिपोलीमा लगातार चार दिनसम्म हिंसात्मक प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा सयौं मानिस घाइते भएका छन् भने सयौँलाई हिंसा भड्काएको आरोपमा पक्राउ गरिएको छ । प्रदर्शनकारीहरू सहरको सडकमा उत्रिएर कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेको कदमले हजारौं नागरिक भोकमरीमा परेको भन्दै सरकारविरुद्ध आन्दोलित भएका छन् ।– सिन्ह्वा