क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना 

पाँच जनाको मृत्यु 
आइतबार, माघ १८, २०७७


हवाना । क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा चालक दलका सदस्यासहित पाँच यात्रुको मृत्यु भएको छ । स्थानीय समय अनुसार शुक्रबार होलग्वीन प्रान्तबाट ग्वान्टानामोतर्फ गएको हेलिकोप्टर उडेको केही समयमा नै दुर्घटनाग्रस्त भएको रक्षा मामिला मन्त्रालयले जानकारी दिएको छ । हेलिकोप्टर उडेको केही मिनेटमा क्युवाको एक पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको र विमानमा रहेका सबै पाँच जनाको मृत्यु भएको रक्षा मन्त्रालयलाई उद्धृत गरी सरकारी समाचार संस्थाले जानकारी दिएको छ । मन्त्रालयले दुर्घटनाबारे छानवीन गर्न आयोग गठन गरेको बताएको छ । मृत्यु भएका व्यक्तिको परिचयलगायत अन्य जानकारी गराएको छैन । क्युवामा सन् २०१८ मेमा भएको क्युवाली ध्वजावहाक विमान दुर्घटनामा ११२ यात्रुको मृत्यु भएको थियो । सन् २०१७ मा क्युवाली सैन्य हेलिकोप्टर दुर्घटनामा आठ सैनिकको मृत्यु भएको थियो ।–एएफपी

प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  ०५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार