जुवा खालबाट वडा अध्यक्षसहित ५ जना पक्राउ  

शुक्रबार, कात्तिक १९, २०७८

सुर्खेत । रुकुमपश्चिममा वडा अध्यक्षसहित ५ जना प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको अवस्थामा मुसीकोट नगरपालिका वडा नं.१३ का वडाध्यक्ष ४० वर्षीय दिपक केसीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । मुसीकोट नगरपालिका मठस्थित उत्तम खड्काको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, सोही ठाउँका ४३ वर्षीय उत्तम खड्का (घरधनी) ३४ वर्षीय कमल वुढा , ३१ वर्षीय राजाराम वली र ३३ वर्षीय युगल पुन पक्राउ परेका हुन्  । प्रहरीले उनीहरुबाट एक लाख आठ हजार दुई सय ९०  रुपैयाँ बरामत गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १२:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार