३०० प्याकेट पटकासहित एक जना पक्राउ

शुक्रबार, कात्तिक १९, २०७८

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले तीन सय प्याकेट पटकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी सप्तकोशी नगरपालिका ७ बस्ने २५ वर्षिय ओमप्रकाश गुप्ता रहेका छन्  । प्रहरीले स.९ प ८९८२ नम्बरको मोटर साइकलमा पटकासहित चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुर जुटपानीबाट पक्राउ गरेको हो । गुप्ताको साथबाट नौ हजार बराबरको तीन सय प्याकेट पटका बरामद भएको छ । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ११:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार