जाजरकोटमा ट्रक दुर्घटनामा दुई जनाकाे मृत्यु

शुक्रबार, कात्तिक १९, २०७८

जाजरकोट । जाजरकाेटमा मिनी ट्रक दर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको  बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र  नाम नखुलेका एक अर्का जनाकाे ज्यान गएकाे छ । १० जना सवार रहेकाेमा एक जना बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ । आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का  घाइते भएका छन् । धनबहादुर चालक हुन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार