बर्दिबासमा मोटरसाइकल र सुमो ठाेक्किँदा माेटरसाइकल चालकको मृत्यु

शुक्रबार, कात्तिक १९, २०७८

महोत्तरीको बर्दिबासमा टाटा सुमो र मोटरसाइक आपसमा ठोक्किँदा माेटरसाइकल चालकको मृत्यु भएको छ । बर्दिवास -३  स्थित कारेभोगटे पुल नजिकै  सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नं.को सुमो र स १० प ३९९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका -५  का सुन्धिर मिश्र रहेकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबास स्थित सुभस्वतिक अस्पतालमा लगिएको थियो ।  थप उपचारका लागि गोल्डेन अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार