सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ । तनहुँमा युवाहरु मिलेर गाउँ उज्यालो बनाएका छन् । भिमाद नगरपालिका–८ अरौदीका युवाले तिहारको बेला सडक बत्ती जडान गरेर गाउँँ उज्यालो पारेका हुन् । अजम्बरी युवा क्लबले आफ्नै कोषको रकम खर्चिएर सडक बत्ती जडान गरेको क्लबका अध्यक्ष नरविर आलेले बताए । २० ठाउँमा सडक बत्ती राखिएको उनले जानकारी दिए । आलेका अनुसार सडक बत्ती खरिद र जडानमा ८० हजार रुपैयाँ खर्च भएको छ । ‘क्लबको कोषमा रहेको रकम खर्च गरेका छौँ’, उनले भने, ‘नगरपालिकासँग पनि सडक बत्ती राख्न बजेट माग गरेका थियौं , सुनवाई भएको छैन् ।’ बजेट पाएको खण्डमा अझ धेरै स्थानमा सडक बत्ती राख्ने आलेले बताए । सडक बत्ती जडान गरेपनि मर्मत सम्भारका लागि बजेट अभाव हुने भएकाले क्लबले प्रत्येक घरधुरीसँग महिनामारी शुल्क उठाउने योजना बनाएको छ । क्लबले साँस्कृतिक, सांगीतिकलगायतको कार्यक्रम गरेर कोषमा रकम जम्मा गर्ने गर्दछ ।