सोसल मिडिया
Contact Us
युनिकोड
खोटाङ : जिल्ला प्रशासन कार्यालय खोटाङले कोभिड–१९ को संक्रमणबाट जोगिएर तिहार मनाउन आग्रह गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले कोभिड–१९ को संक्रमण फैलने खतरा रहेको भन्दै सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर तिहार मनाउन आग्रह गरेको हो ।
प्रशासनले जारी गरेको सूचनामा कोभिड–१९ को महामारी तथा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म देउसीभैली जस्ता भीडभाड युक्त कार्य नगर्न/नगराउन भनिएको छ ।
तिहारको समयमा हुने आगलागी र त्यसबाट हुने क्षतीलाई मध्यनजर गर्दै प्रशासनले आतसवाजी, पटकालगायतका बिष्फोटकजन्य पदार्थ बेचबिखन र प्रयोग नगर्न/नगराउन आग्रह गरेको छ ।
यस्तै, मदिरा सेवन गरी सार्वजनिक रुपमा होहल्ला गरी शान्ति भंग गर्नेलाई तत्काल पक्राउ गरी नियमानुसार कारबाही गर्ने, जुवातास तथा जुवाजन्य खेल खेल्ने/खेलाउने कार्य गरेको पाइएमा तत्काल पक्राउ गरी जुवा तथा तास खालमा भेटिएका धनमाल जफत गरी नियमानुसार कारबाहीअघि बढाइने सूचनामा उल्लेख छ ।