सोसल मिडिया
Contact Us
युनिकोड
अछाम । धनवन्तरी जयन्तीलाई अछाममा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । आयुर्वेद विज्ञानका प्रवर्तक धनवन्तरीको स्मरणमा मंगलबार राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती दिवस मनाइएको हो ।
हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन आयुर्वेद संस्थाहरूमार्फत यो दिवस मनाउने गरिएको छ । आयुर्वेद औषधिका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले दिवस मनाउने चलन छ ।
नेपाल सरकारले नसर्ने रोगको रोकथाम र उपचारका निमित्त आयुर्वेद र अन्य उपचार पद्धतिलाई एकीकृत रूपमा सञ्चालन गर्ने नीति लिएको छ । साथै, आयुर्वेदिक स्वास्थ्य केन्द्रहरूमा आयुर्वेदिक पद्धतिमार्फत उपचारमा आकर्षण पनि बढ्दै गएको छ ।
आयुर्वेदिक औषधिले रोग ढिलो निको भए पनि दीर्घकालीन रूपमा फाइदा गर्न भएकाले बिरामीको आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दै गएको आयुर्वेद स्वास्थ्य केन्द्र अछामका वैद्य तथा लेखा प्रमुख खडक बमले जानकारी दिए ।
केन्द्रमा अहिले स्तनपान, आमा मातृ ९शिशु स्वास्थ्य० कार्यक्रम, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, ज्येष्ठ नागरिकको स्वास्थ्य प्रवर्द्धन कार्यक्रम, पञ्चकर्म, गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
आयुर्वेदिक स्वास्थ्य केन्द्रमा पाइने भुइँअमला, त्रिफला, चिराइतो, कुटकी, तीतेपाती, नीम, शतावरी, अतिसार, बेल, पाँच औले, मधुमेह, अश्वगन्धा आदि मुख्य जडीबुटी हुन् । यस्ता जडीबुटीको प्रशोधन गरेर विभिन्न रोगको औषधि बनाइने गरिन्छ । जिल्ला आयुर्वेदिक केन्द्र मंगलसेन सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन रहेको छ । कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गाना, अन्य विभिन्न कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।