ट्याक्टर दुर्घटनामा तीनको मृत्यु  

बुधबार, कात्तिक १७, २०७८

जाजरकोट :  नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्ट दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री  र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे । 

नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।  

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार