लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

बुधबार, कात्तिक १७, २०७८

बुटवल :  रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक नेपाली पक्राउ परेका हुन् । 

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएकाे छ ।


इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल-१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन् । उनकाे साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०८:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार