मोदीले भेटे माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससँग    

मंगलबार, कात्तिक १६, २०७८

ग्लास्गो । प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार ग्लास्गोमा कोप–२६ बैठकको क्रममा माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सलाई भेट्ेका छन् । यसअघि प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री र उनका बेलायती समकक्षी बोरिस जोनसनले आज इनिसिएटिभ इन्फ्रास्ट्रक्चर फर रिसिलियन्ट आइल्याण्ड स्टेटको शुभारम्भ गरे ।  कोप–२६ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी आइतबार ग्लास्गो पुगेका हुन् ।– सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  २२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार