इचंगुका किसानलाई फूल टिप्न भ्याइनभ्याइ 

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं । काठमाडौंको इचंगुका किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ छ ।  तिहार संघारमै आइसकेकाले फूल टिप्न र त्यसलाई बेच्न समय छोटिएकाले किसानलाई भ्याइनभ्याइ भएको हो । तिहारमा फूल निकै खपत हुने भएकाले काठमाडौं उपत्यकाको काँठ क्षेत्रमा फूल खेती हुने गरेको छ ।  सोमबारबाट यमपञ्चक सुरु भइसकेकाले अबको एक दुई दिनभित्रै फूल बजारमा पठाइसक्नुपर्ने भएकाले किसानलाई अहिले फूल टिप्न भ्याइनभ्याइ भएको हो । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १६:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार