राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा सल्यानमा

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सल्यानको शारदा नगरपालिका-२ मा शाखा विस्तार गरी आइतबारबाट कारोबार शुभारम्भ गरेको छ । बैंकले सर्वसाधारणको आवश्यकतालाई ध्यानमा राखी नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।  बैंकको नयाँ शाखा विस्तारसँगै शाखा कार्यालयको संख्या दुई सय ५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ५६ वटा शाखा कार्यालय, दुई सय १८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ कार्यालय रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार