कांग्रेस नेतृ रामकुमारी न्युराे अस्पताल बाँसबारी भर्ना 

मंगलबार, कात्तिक १६, २०७८

खोटाङ । नेपाल महिला संघ खोटाङकी अध्यक्ष रामकुमारी राई अस्पताल भर्ना भएकी छन् । प्रेसरको समस्याले सिकिस्त भएपछि नेतृ राई उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्ष्टिच्युट अफ युरोलोजिकल एन्ड एलाइट साइन्स बाँसबारी, काठमाडाैंमा भर्ना भएकी हुन् । नेतृ राईको आइसियूमा राखेर उपचार भइरहेको छ । ‘चक्कर लाग्यो’ भन्दै ढलेकी नेतृ राईको स्वास्थ्य अवस्था स्थिर रहेको भाइ आशीष राईले बताए । १२ कात्तिकमा प्रेसरले ढलेपछि राईलाई रातारात गंगालाल, हेल्पिङ हुँदै न्युरो अस्पताल पुर्‍याइएको हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार