इजलास फर्किए न्यायाधीश, प्रधानन्यायाधीशको राजीनामा सुनिश्चित भए भोलिबाट सबै काममा फर्किने 

सोमबार, कात्तिक १५, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आजबाट काममा फर्किएका छन् ।  प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् ।  प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन् । बन्दीका रिटसमेत सुनुवाइ नगरेको भन्दै आलोचना खेपिरहेका न्यायाधीशहरू जबराले बन्दीका रिटमा मात्र इजलास तोकेपछि सुनुवाइमा सहभागी भएका हुन् ।  प्रधानन्यायाधीशले उचित समयमा मार्गप्रशस्त गर्ने बचन दिए भोलिबाटै सबै मुद्दाको सुनुवाइमा सहभागी हुने निर्णयसहित उनीहरू आज बन्दीका मुद्दा हेर्न सहमत भएको एक न्यायाधीशले न्युज कारखानालाई बताए । प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्न उचित समय र वातावरण माग गरेपछि न्यायाधीशहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा पुगेको उनको भनाइ छ । तर जबराले अझै पनि स्पष्ट भाषामा राजीनामा दिन्छु भनेर भने नभनेको ती न्यायाधीशले बताए ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार